आइतबार, वैशाख १४, २०८२

संस्कृत घडीमा लेखिएका कुराको तात्पर्य !

सुनील सापकोटा २०७८ मंसिर १० गते ६:४३

-१२ बज्ने स्थानमा आदित्या : लेखिएको छ, जसको अर्थ हुन्छ, सूर्य १२ प्रकारका छन् ।
अंशुमान, अर्यमन, इन्द्र, त्वष्टा, धातु, पर्जन्य, पूषा, भग, मित्र, वरुण, विवस्वान र विष्णु ।

-त्यस्तै एक बज्ने स्थानमा ब्रह्म लेखिएको छ जसको अर्थ ब्रह्म एक छ भन्ने हो ।
एकोब्रह्मद्वितीयो_नास्ति ।

-त्यस्तै दुई बज्ने स्थानमा अश्विनौ लेखिएको छ जसको तात्पर्य अश्विनी कुमार दुईवटा छन् भन्ने हो ।
नासत्य र द्स्त्र

-तीन बज्ने स्थानमा त्रिगुणा : लेखिएको छ, जसको तात्पर्य गुण तीन प्रकारका हुन्छन् भन्ने हो ।
सतोगुण, रजोगुण र तमोगुण ।

-चार बज्ने स्थानमा चतुर्वेदा : लेखिएको छ, जसको तात्पर्य हुन्छ, वेद चार प्रकारका छन् ।
ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद ।

-त्यस्तै पाँच बज्ने स्थानमा पञ्चप्राणा : लेखिएको छ, जसको तात्पर्य हुन्छ, प्राण पाँच प्रकारका छन् । अपान, समान, प्राण, उदान र व्यान ।

-यसैगरी ६ बज्ने स्थानमा षड्र्सा : लेखिएको छ, जसको तात्पर्य यो हुन्छ कि, रस छ प्रकारका हुन्छन् ।
मधुर, अमल, लवण, कटु, तिक्त र कसाय ।

-त्यस्तै सात बज्ने स्थानमा सप्तर्षय : लेखिएको छ जसको तात्पर्य हुन्छ सप्तऋषि सातवटा छन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ।

-आठ बज्ने स्थानमा अष्टसिद्धय : लेखिएको छ, जसको तात्पर्य हुन्छ, सिद्धिहरु आठ प्रकारका छन् । अणिमा, महिमा, लघिमा, गरिमा, प्राप्ति, प्राकाम्य, इशित्व र वशित्व ।

-त्यस्तै नौ बज्ने स्थानमा नवद्रव्याणि अभियान लेखिएको छ, जसको तात्पर्य हुन्छ कि नौ प्रकारका निधिहरु हुन्छन् । पद्म, महापद्म, नील, शंख, मुकुंद, नंद, मकर, कच्छप, खर्ब ।

-दश बज्ने स्थानमा दशदिश : लेखिएको छ जसको तात्पर्य हुन्छ, दिशाहरु दश छन् ।
पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, नैऋत्य, वायव्य, आग्नेय, आकाश, पाताल ।

-संस्कृत घडीको ११ बज्ने स्थानमा रुद्रा : लेखिएको छ, जसको तात्पर्य रुद्र एघार प्रकारका छन् भन्ने हो । कपाली, पिंगल, भीम, विरुपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्य, शम्भु, चण्ड र भव ।

प्रतिक्रिया