शुक्रबार, जेठ ३, २०८२

देउवाले भने- अबका मिलेर काम गर्नुपर्छ

नेपालखोज २०७८ मंसिर १० गते १५:२७

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्ने बताएका छन् । शुक्रवार नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिँदै प्रधानमन्त्री देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधानमार्फत् हरेक समस्याको समाधान निकाल्न सकिने बताए ।

उनले नेकपा एमालेले सरकारका विविध विधानअनुसार थिती बसाल्ने काममा साथ दिनुपर्ने पनि उनले जोड दिएका छन् । प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘हामी दलहरुबीच सद्भाव, छलफल र संविधानसंवादमार्फत् हरेक समस्याको समाधान निकाल्न चाहन्छौं । नेकपा एमालेका अध्यक्ष ओलीजी लगायत जेलमा पनि हामी उहाँका साथीहरु लगायत, बामपन्थी साथीहरु लगायत म पनि सबै जेलका साथीहरु हौँ । जेलमा हामी जेलमेट पनि हौँ । यी सबै कुराहरु हामीले सबै भोगेका पनि हौँ । हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई पनि दुःख नपरोस्, यस्तो किसिमको परिस्थिती नआओस् भनेर सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई । मेरो नेतृत्वको सरकारले यिनै मूल्य र मान्यतालाई संस्थागत गर्न कटिवद्ध छ । नेकपा एमालेले सरकारका विविध विधानअनुसार स्थिती बसाल्ने काममा साथ दिनुपर्छ ।’

प्रधानमन्त्री देउवाले कोभिड-१९ ले आक्रान्त भएको बेला सबै जनतालाई कोरोनाविरुद्धको खोप पु¥याउनु आफ्नो पहिलो लक्ष्य भएको र त्यसैअनुसार लक्ष्य हासिल गरिरहेको बताए । उनले सबैको सहयोगबाट संसदभित्र प्रतिनिधित्व गर्ने र संसद् बाहिरका राजनीतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका आधारमा देशलाई अघि बढाउने कुरामा प्रतिवद्ध रहेको समेत बताए ।

प्रतिक्रिया