भूकम्पले क्षति पुर्याएको सम्पत्ति ५२ प्रतिशत पुनरुत्थान

काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पुर्याएको सम्पत्ति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भुकम्प पछि नेपालमा क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थापन कसरी भयो भन्ने सम्बन्धी विस्तृत अध्ययन सार्वजनिक गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रिय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भुकम्प गएको पाँच वर्षमा मानिसहरुसँग भएको जीवन चलाउने स्रोत उत्पादनशिल सम्पत्तिको पुनरुत्थान कसरी सम्भव भयाे भन्ने विषयमा बढी केन्द्रिकृत भएको छ ।
उक्त प्रतिवेदनअनुसार क्षति भएको सम्पत्तिहरु अहिले ५२ प्रतिशत पूर्ण रुपमा पुनरुत्थान भएको र ४७ प्रतिशत भने आधा मात्रै पुनरुत्थान भएको देखाएको छ । अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पुनर्निर्माण प्राधिकरणका विष्णु भण्डारीले यसबीचमा भुकम्पपछि विभिन्न विषय र पक्षमा अध्ययन अनुशन्धान भए पनि जनताको अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्वपूर्ण दस्तावेज नै भएको बताए ।
अर्थतन्त्रसँग जोडिएको यो नै पहिलो प्रतिवेदन भएको बताए । यस दस्तावेजले भूकम्प पछिको पुनर्निर्माण मा स्थानीय अर्थतन्त्रसँग जोडिएका हराएका मौलिक व्यवस्था र अहिले चलिरहेको व्यवस्थाको अध्ययन गर्न सजिलो हुने बताए ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भुकम्पपछि सम्पत्तिको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताए । प्रतिवेदनले भुकम्पछि जनताले आफ्नो क्षेति भएको सम्पत्ति कसरी पुनरुत्थान गरे भन्ने अध्ययन, अध्यापन र अनुशन्धान गर्न सहज हुने बताए ।
अर्थशास्त्र विभागका प्रमुख अधिकारीले विभिन्न समयमा आउने प्राकृतिक विपत्तिको अनुसन्धानका प्रतिवेदनहरु अन्य बाहिरका गैर सरकारी संस्थाले मात्र गर्न नहुने बताए । त्रिभुवन विश्वविद्यालयलाई साधन श्रोत दिएर यस प्रकारका घटना तथा दुर्घटनाका अध्ययन अनुसन्धान गराउन सकिने उनले बताए ।
अध्ययन अनुशन्धान गराउन राज्यले लगानी गर्नु पर्ने उनको भनाइ छ । सार्जजनिक प्रतिवेदनका अनुसार ग्रामिण क्षेत्रमा ५२ प्रतिशत र ४८ प्रतिशत भने पुर्णरुपमा पुनरुत्थान भएको बताइएको छ । यसरी सम्पत्तिीको पुनरुत्थान घर पुनर्निर्माण गर्न ९० प्रतिशत पुनर्निर्माण प्राधिरकणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ । रेमिटेन्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पत्ति बेचेर र ८५ प्रतिशत विभिन्न संघ संस्थाले दिएको सहयोगमार्फत पुनरुत्थान गरेका छन् ।
त्यस्तै, पुनरुत्थानपछि सम्पत्तिको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ । भुकम्प पछि ५ लाख ४ हजार रहेको सम्पत्ति अहिले ४ गुणाले बढेर २२ लाखसम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी मूल्य बढ्नुमा भुकम्प भन्दा अगाडी सडक नपुगेका ग्रामिण क्षेत्रमा समेत सडक बाटो पुगेकाले तथा समाजिक अर्थतन्त्रमा आएको परिर्वतन र बजारको विस्तारले सम्पत्तिको मूल्य ४ गुणा भन्दा बढीले बढेको छ ।

प्रतिक्रिया