सुरु भयो एमालेको बन्दसत्र

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रको दोस्रो दिन अर्थात आज बिहान १० बजे कार्यक्रम सुरु हुने भनिए पनि राति साढे ९ पछि मात्रै बन्दसत्र सुरु भएको हो ।
महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि छन् ।
त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा छन् । अध्यक्षमण्डलको बैठक पछि बन्दसत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन्
बन्दसत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया