शुक्रबार, वैशाख ७, २०८१

‘डब्ल्यूएचओको अनुसन्धानपछि मात्रै नयाँ भेरियन्टको आधिकारिकता सार्वजनिक हुन्छ’

नेपालखोज २०७८ मंसिर १३ गते १५:२०

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताएका छन् ।

काठमाडौंमा आज (सोमबार) सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा हाइन भन्ने कुराको अध्ययन भइरहेको बताएका हुन् ।उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउन भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

प्रमुख पाण्डवले डब्ल्यूएचओले नयाँ भेरियन्टविरुद्ध आजभोलि प्रयोगमा रहेको भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने सम्बन्धमा पनि अनुसन्धान जारी राखिएको जनाएका छन् ।प्रमुख पाण्डवले भने ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो । यो २६ नोभेम्बर २०२१ मा देखिएको हो र यसलाई डब्ल्यूउचओले ‘ओमिक्रोन’ नाम दिएको छ ।’

अन्य भाइरस भन्दा फरक भनिएको नयाँ भेरियन्ट मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्नेबारे स्पष्ट नभएको उनले जनाएका छन् । अहिले विश्वस्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेका छन् ।

डब्ल्यूएचओले नयाँ भेरियन्टमा कोरोनाबिरुद्धको खोप सफल हुन्छ कि हुँदैन भन्ने अध्ययन गरिरहेको बताउँदै प्रमुख पाण्डेले केही समयपछि प्रष्ट हुने बताए । डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भेरियन्टमा सफल हुने–नहुने सम्बन्धमा पनि अध्ययन विश्व स्वास्थ्य संगठनले अध्ययन जारी राखेको छ ।

विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे नेपालको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पु¥याउनु पर्ने र भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड दिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो । यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलीले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ ।

प्रतिक्रिया