गुठी सम्पत्तिको संरक्षण गर्न तत्कालीन र दीर्घकालीन योजना बनाउन निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उद्देश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएकी छन् ।
गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आज संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरुलाई निर्देशन दिएकी हुन् । उनले देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनु पर्ने अवस्थाको अब अन्त्य हुनु पर्ने भन्दै देशभर रहेका गुठीको जग्गाको यकीन तथ्याङ्क संकलन गर्न पनि निर्देशन दिईन ।

संविधानले नै गुठीको सम्पती संरक्षणको विषय शुनिश्चित गरेकाले त्यस अनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामहरुलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिईन ।

प्रतिक्रिया