बिहीबार, वैशाख १३, २०८१

रेडमीको नयाँ स्मार्टफोन !

नेपालखोज २०७८ मंसिर १५ गते ११:२७

चीनको स्मार्टफोन निर्माता रेडमीले अक्टोवरमा नोट ११ फाइभजी, नोट ११ प्रो फाइभजी तथा नोट ११ प्रो प्लस फाइभजी सार्वजनिक गरेको थियो । अहिले यो कम्पनीले चीनमा रेडमी नोट ११ फोरजी प्रस्तुत गरेको छ । यो स्मार्टफोनमा मिडियाटेक प्रोसेसर प्रयोग गरिएको छ । यसमा फोटोग्राफिका लागि तीन वटा क्यामेरा राखिएको छ । यो स्मार्टफोन अन्य मुलुकमा रेडमी १० – २०२२ का रूपमा लन्च हुनसक्ने अनुमान गरिएको छ ।

रेडमी नोट ११ फोरजीको मूल्य
शाओमीले रेडमी नोट ११ फोरजीलाई दुई स्टोरेज कन्फिगरेसनमा बजारमा ल्याएको छ । यो स्मार्टफोनको ४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य ९ सय ९९ युवान राखिएको छ । यसैगरी ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य १०९९ युवान छ । यो फोन ब्याल्क, व्हाइट तथा ग्रेडिएन्ट ब्लु गरि तीन रङमा उपलब्ध छ ।

फिचर्स
नोट ११ फोरजीमा ६.५ इंन्चको एलसीडी दिइएको छ जसको फुल एचडी प्लस रेजोल्युलेसन १०८०×२४०० पिक्सेल छ । यो फोन ९० हर्ज रिफ्रेस रेट सपोर्ट तथा १८० हर्ज टच-सेम्पलिङ रेटका साथ आउँछ । यसको ट्रिपल-क्यामेरा सेटअपमा ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा तथा २ मेगापिक्सेलको माइक्रो क्यामेरा छ । रेडमी स्मार्टफोन मिडियाटेक हेलियो जी ८५ एसओसीद्वारा संचालित हुन्छ । यो स्मार्टफोनमा ६ जीबी र्‍याम तथा १२८ जिबि स्टोरेज दिइएको छ । यसको स्टोरेजलाइ माइक्रोएसडी कार्डका माध्यमबाट बढाउन सकिन्छ । यसमा ५००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ जुन १८ वाटको वायर्ड फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ सपोर्टका साथ छ ।

यो स्मार्टफोनले एन्डोइड ११ मा आधारित MIUI १२.५ मा काम गर्छ । यो फोरजी फोनलाई वीओएलटीई, वाईफाई ८०२.११ एसी, ब्लुटुथ ५.१, जीपीएस, आईआर ब्लास्टर, ३.५ एमएमको हेडफोन ज्याक, युएसभी टाइप-सी पोर्ट, डुअल स्पिकर आदि जस्ता कनेक्टिविटी फिचर्सका साथ बजारमा उतारिएको छ ।

प्रतिक्रिया