बिहीबार, वैशाख १३, २०८१

नेपाल राष्ट्रको निर्माण

लोकेश ढकाल २०७८ मंसिर १५ गते १४:५६

नेपाल राष्ट्रको निर्माणको चर्चा गर्दा वर्तमान नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको योगदानको चर्चा गरिएन भने त्यो अधुरो र पूर्वाग्रही हुने छ । द्रव्य शाहले वि.स. १६१६ मा गोरखा राज्यमा शाहवंशीय शासन स्थापना गरेका थिए । तीनै गोरखा राज्यको ९ औं शाहवंशीय राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहको शाहसी नेतृत्वमा वर्तमान नेपाल राष्ट्रको निर्माण भएको हो । पृथ्वीनारायण शाहको जन्म बि.स. १७७९ पौष २७ गते गोरखामा भएको थियो । पृथ्वीनारायण शाहको बुद्धिमतापूर्ण निर्णय र उनको साहसी अभियानले नै त्यस बखतको बढ्दो अङ्ग्रेज सामाज्यको चुनौतीका बिचमा उनले आपूmलाई सानो गोरखा राज्यमा सीमित नराखी विशाल नेपाल राष्ट्र निर्माणको अभियानको नेतृत्व गरे र बाइसे–चौबिसे सानासाना राज्यमा विभक्त यो भूमिलाई विशाल नेपाल राष्ट्रको रूपमा स्थापित गरे ।

राजा पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरणको अभियानलाई उनको निधनपछि उनका कान्छा छोरा बहादुर शाहले अगाडि बढाए । नेपालको सीमाना पूर्वमा टिष्टा नदी र पश्चिममा काँगडा र दक्षिणमा झन्डै गङ्गातटसम्म विस्तार भएको थियो । प्रधानमन्त्री भीमसेन थापाको पालामा अङ्ग्रेजसँग भएको युद्धको पराजयपछि नेपालले झन्डै एक तिहाई भूमि गुमाउनु परेको थियो । पछि श्री ३ महाराज जङ्गबहादुर राणाको नेतृत्वमा चतु¥याइँपूर्वक अङ्ग्रेजलाई खुसी पारे र चतुर्‍याइँपूर्वक हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र नेपालले फिर्ता पाएपछिको वर्तमान नेपाल नै आधुनिक नेपाल राष्ट्र हो ।

राष्ट्र
अंग्रेजी शब्द ल्बतष्यल ल्याटिन शब्द ल्बतष्य बाट बनेको हो । यसको शाब्दिक अर्थ मूल निवासी, जन्मिएको, उम्रिएको वा उत्पत्ति भएको भन्ने हुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत शब्दकोशमा ‘(१) जनता, सरकार तथा सार्वभौम सत्तासम्पन्न भएको कुनै देश, (२) एकै देशका, एउटै संस्कृति तथा अर्थव्यवस्थामा आवद्ध समस्त नागरिक, जनता’ लाई राष्ट्र भनिएको छ । त्यसै गरी अक्सफोर्ड डिक्सनरीले ‘एउटा निश्चित क्षेत्रसँग सम्बन्धित जनताको ठुलो समुदाय जसको आफ्नै भाषा, राजनीतिक चाहना र निश्चित सामाजिक, साँस्कृतिक एवम् राजनीतिक चरित्र भएको इकाई नै राष्ट्र हो’ भनेको छ । नेपाली शब्दसागरका अनुसार ‘राज्य, देश, मुलुक, जनता–सरकार र सार्वभौमसत्ता भएको एक भूभाग; एकै देशका समाज–अर्थ–नियम र कानूनभित्र सङ्गठित भएका समग्र नागरिकजन’ लाई राष्ट्र भनी परिभाषित गरिएको छ ।

राष्ट्रका परिभाषा अनेक किसिमले गरेको पाइए तापनि साधारणतया साझा संस्मरण र उत्पत्ति भएका, विगतमा साझा वलिदानद्वारा एउटा निश्चित ऐतिहासिक क्षेत्रभित्र आबद्ध, मिलेर बस्न तयार मानिसहरूको समूहलाई नै राष्ट्र भनिन्छ । जब कुनै राज्यको क्षेत्र र राष्ट्र एकसाथ रहन्छ वा समान रहन्छन् राष्ट्रिय राज्य बन्दछ । अधिकांश राज्यहरू समान स्वरूपका राष्ट्रिय राज्य हुँदैनन् बरू त्यहाँ विभिन्न जाति, साँस्कृतिक, धार्मिक एवम् भाषिक पहिचान भएका विभिन्न समूहहरू हुन्छन् । समूहहरू बहुमत वा अल्पमतका हुन्छन् । ती सबै पहिचानहरूको समुच्च स्वरूप नै राष्ट्र हो ।

राष्ट्रको विषयलाई लिएर हाम्रो देश नेपालको सन्दर्भमा कुरा गर्दा, हाम्रो भूगोल, २०६८ को राष्ट्रिय जनगणनाअनुसार १२३ र राष्ट्रिय भाषा आयोगले २०७६ कार्तिक १८ गते राष्ट्रपतिसमक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषा पहिचान गरिएका थप ६ भाषासमेत गरी १२९ भाषा–भाषी र हालसम्म पहिचान भएका १२७ जाजजातिहरू, यी विभिन्न जातजातिका धर्म, परम्परागत संस्कृति, जात्रा–पर्व आदि मिलेर वनेको साँस्कृतिक पहिचान सहितको समुच्च राष्ट्र नै नेपाल राष्ट्र हो ।

राज्य
एउटा निश्चित क्षेत्रमा आबद्ध तथा एउटा इकाईको रूपमा मान्यता प्राप्त, कानूनी रूपमा सङ्गठित र सरकार सञ्चालनको उद्देश्यबाट बनेको जनताको सङ्घलाई राज्य भनिन्छ । त्यस्तो राज्यले आफ्नो केही शक्ति, प्रदेश छ भने प्रदेश र स्थानीय निकाय र प्रहरी, सेना र नागरिक प्रशासन जस्ता संस्थाहरूलाई हस्तान्तरण गर्न सक्दछ । राज्य र सरकार दुई भिन्न सङ्गठन हो । राज्य निर्वैयक्तिक सामाजिक संस्था हो भने सरकार चाँहि राज्यलाई संविधान र कानुनले निर्धारित गरेको दिशामा लिएर जाने व्यक्तिहरूको समूह हो । आधुनिक समाजमा राज्य एउटा शक्तिशाली मुख्य संस्था हो । अन्तराष्ट्रिय कानुनअनुसार एउटा छुट्टै इकाईका रूपमा रहने राज्यमा निश्चित क्षेत्रफल, स्थायी स्वरूपको जनसङ्ख्या, सरकार र अन्य राज्यसँग सम्बन्ध राख्न सक्ने सामथ्र्य आदि विशेषताहरू हुनुपर्दछ ।

नेपाली भाषाको शब्दकोश नेपाली शब्दसागरका अनुसार राज्यलाई ‘एउटा राजाको वा शासनको अधीनमा रहेको सर्वभौमसत्ता भएको देश, मुलुक, राष्ट्र, एक ठुलो राष्ट्र अन्तरगत स्वायत्तशासन भूभाग वा प्रदेश, राजकाज, रजाईं, राजाको काम ।’ भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया