शुक्रबार, वैशाख ७, २०८१

जानी राखाैं बार अनुसार कुन भगवान् पुज्ने !

नेपालखोज २०७८ मंसिर १६ गते ५:००

हिन्दु धर्मावलम्बीहरूले साताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् साताको कुन बार कुन–कुन देवी–देवताको पूजा गरिन्छ ।

आइतबार– हिन्दु धर्ममा आइतबारलाई सूर्यदेवको बार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्छ र खानामा नुनतेल मिसाउनुहुँदैन । व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

सोमबार– सोमबार शिवजीको दिन हो । यस दिनमा शिवजीको पूजा–आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्।् यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्छ भने खानामा नुन–तेल मिसाउन मनाही छ ।

मंगलबार– मंगलबारको दिन विशेष गरी गणेश भगवानको पूजा गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

बुधबार– ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार¬¬)को पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्छ ।

बिहीबार– विष्णु भगवान् र उनका अवतारहरूको पूजा गरिने दिन बिहीबार हो । पूजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्छ । व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्छ । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्छन् ।

शुक्रबार– शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्, साथै यस दिनमा लक्ष्मी माताका अवतार–सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

शनिबार– कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पूजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ ।

प्रतिक्रिया