शनिबार, जेठ ४, २०८२

नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजदेखि

नेपालखोज २०७८ मंसिर १६ गते ८:२१

काठमाडाैं । नेपाली कांग्रेसको सातवटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ ।

कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेसको विधानमा उल्लेख छ । 

प्रतिक्रिया