मंगलबार, वैशाख १६, २०८२

गरिमा विकास बैंकको ‘गरिमा डिबेन्चर २०८५’को बिक्री खुल्ला

नेपालखोज २०७८ मंसिर १६ गते ११:५१

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको वार्षिक ८.७५ प्रतिशत व्याजदरमा ७ वर्षका लागि आज बिहीबारबाट प्रतिकित्ता १००० रुपैयाँ अंकित मूल्यका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्रको बिक्री खुल्ला भएको छ ।

बैकका अनुसार सोमध्ये ४० करोड रुपैयाँ बराबरको चार लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये पाँँच प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानि कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैंया वरावरको छ लाख कित्ता व्यक्तिगतत करबाट बिक्री गरिने बैंकले जनाएको छ । गरिमा डिबेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस एक गतेसम्म हुनेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम एक लाख कित्ता सम्म सि–आस्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रर्वधककोरुपमा एनआईविएल एस क्यापिटल लि. रहेको छ ।

प्रतिक्रिया