शुक्रबार, चैत १६, २०८०

‘हार मान्नु जीवनको विकल्प होइन’

नेपालखोज २०७८ मंसिर १७ गते ७:२७

-ध्यान कतै जानका लागि होइन- यो आफूभित्रै खस्नका लागि हो ।
-यदि तपाईं अरू मानिसहरूप्रति सरोकार राख्नुहुन्छ भने, तपाईंले आफूलाई यस्तो व्यक्ति बनाउनुपर्छ, जोसँग रहँदा उनीहरू रमाउन सकून् ।
-मनुष्य असाध्यै परिष्कृत यन्त्र-प्रणाली हो । यदि तपाईं सही तालमेलमा हुनुहुन्छ भने, तपाईं सम्पूर्ण ब्रह्माण्डलाई आफूभित्र अनुभव गर्न सक्षम बन्नुहुन्छ ।
-कहीँ पनि समस्याहरू हुँदैनन्, केवल परिस्थितिहरू हुन्छन् । यो मूलत: तपाईंले त्यसलाई कसरी लिनुहुन्छ भन्नेमा निर्भर गर्दछ ।
-डर भनेको यस्तो कुराबाट पीडित हुनु, जुन भविष्यमा हुन वा नहुन सक्छ । यो तपाईंको स्मरण, तपाईंको हालको अनुभव अनि तपाईंको कल्पनालाई मिश्रण गर्नुको परिणाम हो ।
-जब मानिसहरू आफूभित्र अर्पण गर्ने अवस्थामा हुन्छन्, उनीहरू हरेक किसिमबाट आफ्नो शिखरमा हुन्छन् ।
-यो जीवन निकै छोटो छ, त्यसैले छोडिदिनु वा हार मान्नु कुनै विकल्प होइन ।
-शिवद्वारा प्रस्तुत आध्यात्मिक प्रक्रियाको सबै ११२ आयाममध्ये बुद्धले केवल एउटा पक्षमा काम गरेका थिए । मानवजातिलाई सक्षम र सशक्त बनाउने साथै मानव चेतनालाई माथि उठाउने सन्दर्भमा शिवको जुन योगदान छ, त्यसलाई यथेष्ट रूपमा पहिचान गरिएको छैन, जुन असाध्यै महत्त्वपूर्ण छ ।
-हामीमा दूरदृष्टि हुनुपर्छ अनि यस्तो राष्ट्र निर्माण गर्नेबारे सोच्नुपर्छ जसप्रति सबैलाई गर्व हुनेछ, यस्तो राष्ट्र जसले हरेक मानिसलाई आफ्नो जीवन पूर्ण रूपमा प्रस्फुरित गराउन सहायता गर्नेछ ।
-यदि तपाईं हरेक कोहीको कल्याणप्रति वास्तवमै सरोकार राख्नुहुन्छ भने, तपाईंले आफ्नो जीविकाको चिन्ता लिनुपर्दैन- संसारले तपाईंको हेरविचार गर्नेछ ।
-मन जुन विशाल सम्भावना हुनुपर्ने थियो, अधिकांश मानिसका लागि त्यो पीडादायक भएको छ । यसको मूल कारण भनेको हामीले मनले कसरी काम गर्छ भनेर कहिल्यै ध्यान दिएका छैनौँ । मनलाई अद्भूत सम्भावनाका रूपमा अनुभव गर्न सद्‌गुरुद्वारा सरल प्रक्रिया प्रदान गरिएको छ ।
-जब तपाईं स्वयं अड्चन बन्नुहुन्न, बाहिरी अड्चनहरू सम्हाल्न कुनै समस्या हुनेछैन ।

प्रतिक्रिया