मनलाई भत्किन नदिनु
रमण घिमिरे
२०७८ मंसिर १८ गते ९:१२

मनलाई पहिरोबाट जोगाउनू
अरू जे भत्किए पनि केही छैन
मनलाई भत्किन नदिनू
भत्केको मनको
कतै रिपेयर हुँदैन
कतै सर्भिसिंग हुँदैन
गाडी, घर, बाटो, गन्तव्य
सबै फेर्न सकिन्छ
तर मन फेर्ने
कुनै सर्भिसिंग सेन्टर
कुनै वर्कसप हुँदैन
त्यसैले मनलाई जोगाएर राख्नू
भूकम्प जान नदिनू
आँधीबाट जोगाउनू
दैवका सारा सृष्टि
यही एउटा मनमा बसेको हुन्छ ।
सम्बन्धित








प्रतिक्रिया