कमल थापालाई गालीको ओइरो !

काठमाडौं । कमल थापा लेख्छन्- प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना ।
प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्दछु ।
Congrats @GBBShah. Thank you
मैले राहत र उन्मुक्ति पाएको छु ।
सिंगो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।
हार्दिक शुभ-कामना ।
थापाको यो स्टाटसमा गालीको ओइरो लागेको छ । यसमा प्रतिक्रिया जनाउनेमध्ये ९५ प्रतिशत जसोले उल्टै थापाको चर्को आलोचना गरेका छन् भने यो टिप्पणी थापाका लागि पूरै प्रत्युत्पादक ठहरिएको छ ।
हेरौं कमेन्ट बक्सबाट केही नमुना :
रवीन्द्र अधिकारी
अब आराम गर । नयाँ पिँढीले मौका पाउँनुपर्छ ।
रवि मैनाली
तपाईंले विश्राम लिने समय आयो, कृपया अरुलाई आक्षेप नलगाउँ ।
भूमराज तिवारी
यू आर अमेजिङ डियर कमल ।
शान्तिम कोइराला
तोइट रुन्चे बड्डा ।
विजय पौडेल
मैले पनि हारें भने कसलाई दोष दिने भनि सोच्दै छु !
टेकराज भण्डारी
किन यति धेरै आक्रोश…? तपाईं अब अभिभावक बन्नुहोस् ।
दिनेश जे शाह
अवसरवादी चरित्र.. मुकुण्डो उघ्रियो..खेल खत्म ।
गोपाल पाण्डे
थापाजी तपाईं अयोग्य नै हुनुहुँदो रहेछ पार्टीको राजनीतिमा हार-जित सामान्य हो जीवनभरि तपाईंले नै त्यो पार्टीको अध्यक्ष हुनुपर्ने के छर किन निर्मल निवासलाई गाली गर्दै हुनुहुन्छ सैद्धान्तिक आस्था पनि चुनावको हार जितले बदलिन्छ र तपाईंले लेखेको पूर्णत: आशा भनिएको छ ।
भिकुनाथ महत
मैले राहत र उन्मुक्ति पाएको छु भन्ने शब्दले राजतन्त्रको घाँडो तपाईंले जबरजस्ती बोकेको भन्ने प्रमाणित गर्छ ! म्याद नाघेका वस्तुहरु अमृत भए पनि मिल्काउनुपर्छ भन्ने कुरा राप्रपाका कार्यकर्ताले अंगीकार गरेका छन् ! नव निर्वाचित नेता राजेन्द्र लिङदेनलाई हार्दिक बधाई !
बुद्ध पुन मगर
केपी ओलीसँग टासिएको नतिजा ।
दिक्पाल कार्की
हार स्वीकारेको भए पछिल्ला शब्दहरु निस्कने थिएन ! अब फेरि देशमा राजतन्त्र पुन:स्थापना हुन चैँ सक्दैन ! अब लोकतान्त्रिक पद्धतिबाट राजा ज्ञानेन्द्रलाई देशको प्रधानमन्त्री बनाएर अगाडि बढाउने मेसो मिलाऊ ! गणतन्त्र आएसी पनि २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको भन्नुहुन्छ, यो समयअवधिमा सायद लिङ्देनले तपाईंभन्दा अझ बढी योगदान दिनुभयो होला र कार्यकर्तालेहरु नि तपाईंबाट थकित हुनुभएको हुन सक्छ ! मिलेर अगाडि बढ्दा नै राम्रो होला ! फुटाउने जुटाउने तपाईंको कुरा ! हामीलाई खासै महत्त्व छैन तर अलिअलि चिन्तन छ, किन कि देशका ठूला पार्टीमा नि नेतृत्व किफायती छैन !
मुनिन्द्र राजभण्डारी
राजसंस्थालाई राजनीतिमा नतानौं । राजाका लागि सबै बराबर नै हो । राजाले एउटा व्यक्ति वा अध्यक्ष मात्र हेर्ने होइन तीन करोड नेपाली पनि हेर्नुपर्छ । तपाईंले राजसंस्थाको मुद्दामा दिनुभएको योगदानप्रति हामी सबै आभारी नै छौं । एउटा लडाइँ हार्दैमा योद्धा रणभूमि छाडेर भाग्नु हुँदैन । तयारीका साथ पूर्ण लडाइँ जित्न कटिबद्ध हुन पर्छ ।
अर्जुन शर्मा
आफूले पाए ठीक नत्र खत्तम भन्ने बानी नेपाली राजनीतिको प्रचलन हो ।
अरुण नेपाली लुइँटेल
काजी साहब जनताले जिताएका हुन्, अरुलाई दोष नदिनुस् । राप्रपामा तपाईंको आवश्यकता अझै धेरै छ त्यसैले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।
आचार्य ओम
अब पार्टी फोड्छ ।
सौरभ कार्की
बहाना मिली गयो अब एमाले छिर्छ ।
पुष्कर खड्का क्षेत्री
अब एमाले प्रवेश गर, बल्ल जोडी सुहाउँछ, कमल बा ।
विनोद कँडेल
मूर्ति चोरले हिन्दुहरुको प्रतिनिधित्व गर्छ भनेर जनमानसमा भ्रम छर्दै हिन्दुराज्यसहित राजसंस्थाको भारि बोक्नु गलत थियो । धर्म सबै जातिको समान हुन्छ र संस्था जनताप्रति बफादार हुनुपर्छ जब आधी जनता मारे पनि मलाई फरक पर्दैन भन्ने पूर्वराजा ज्ञानेन्द्र यो देशको राजा हैन दास बनाउन पर्ने हैसियतका थिए आज कमल थापाले हार व्यहोरेपछिको शीतलनिवास चिन्नु दुर्भाग्ययुक्त छ अब एमालेमा जाँदा फरक नपर्ला हिजो ओलीको गुणगान गाउँदाको पल र आजको हारपछिको रोदन सायद मिल्न गएको छ र भलो पनि यसैमा छ ।
रमेशराज बास्तोला
पूर्वपार्टी अध्यक्ष कमल थापाजीले यो स्टाटस लेखेर राजालाई दोष लगाउनुभयो यो अति दुर्भाग्यपूर्ण छ तपाईंप्रतिको सहानुभूति थियो तर अब पटक्कै छैन ।
तपाई हार्नु को दोष तपाईंको पदलुपता र तपाईंको चाटुकार हुक्के र झोले ले गर्दा हो ।
पार्टी अध्यक्षलाई कुनै कर्मठ कार्यकर्ताले भेट गर्न खोज्दा पहिला तपाईंका वरिपरि घुम्ने चाटुकारलाई रक्सी हुस्कीको बोतल तथा दरबार मार्गमा रेस्टुरेन्टमा लगेर भुँडी फुट्नो गरी खुवाउनुपर्दथ्यो अनि ती चाटुकारको घेरामा बस्ने सधैं पद लिने सत्ता स्वाद चाख्ने तथा संसद् पद बेच्नाले नै हार्नुभएको हो राजालाई दोष नदिनु होस् ।
जेबी बीसी
अब अर्को पार्टी खोलेर अध्यक्ष बन्नुहुन्छ भन्ने आमकार्यकर्ताले अपेक्षा गरेका छन् ।
अंकित श्रेष्ठ
कमल थापाज्यु ! हजुर जस्तो नांगो कोही देखिएन !!
त्यो बेला राजाको यसरी विरोध गर्दा तिम्रो पनि जिब्रो काटिन्थे होला, तर त्यो बोल्ने अधिकार कहाँबाट आयो थाहा पाउन ।
चुनावमा जाँदा राजाको गुलामी गर्ने हारेपछि राजाको विरोध ??
राजनीति गर्नेले हार सहन नसक्ने किन ?
कृष्ण क्षेत्री
कमल दाइ अब नेकपा एमालेमा प्रवेश गर्नुस् ।
सन जे गिरी
मर्ने बेलामा पनि कति लोभ लालच हौ पद र प्रतिष्ठा को थापाजी ??
मै मात्र राम्रो जस्तो कुविचार केपी, प्रचण्ड, शेरबहादुर जस्तै रहेछ महोदय को,
यदि देश र जनता को माया थियो भने यस्तो अभिव्यक्ति दिन सुहाउँदैन,
खेमराज सापकोटा
जित धेरै-धेरै बधाई छ राजेन्द्रज्यूलाई
हारको शुभकामना कमल थापाज्यूलाई ।
प्रतिक्रिया