सभापति देउवा महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै
नेपालखोज
२०७८ मंसिर २० गते १६:३४

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । रासस
सम्बन्धित

प्रतिक्रिया