शनिबार, वैशाख १५, २०८१

‘संस्कारको जरा काटेर घाँस भएर बाँच्न त सकिन्छ, तर जीवनमा बर-पिपल भएर झाँगिन सकिँदैन’

नेपालखोज २०७८ मंसिर २१ गते ९:०१

आजका युवा लामो व्याख्या सुन्न हेर्न चाहदैनन्, छोटो मनोरन्जनात्मक टिकटक हेर्न चाहन्छन् । ‘Go wild for a while’ तसर्थ ख्यालठट्टामा आधारित टिक-टक कन्टेन्ट अवस्य दुरूपयोग भएको छ ।

आबेसभन्दा विवेकको सदुपयोग गर्न जान्यो र खोज्यो भने टिकटकमा भावपूर्ण उक्ति र अभिव्यक्तिहरू सिर्जनशिल तरिकाले प्रयोग गर्न सकिन्छ । यहाँ केही मेरा सकारात्मक सोचका प्रसंगहरू टिक-टकको प्रयोगार्थ उल्लेख गरेको छु :

१. आउनुहोस मेरो मनमा बास बस्नुहोस, बहाल तिर्नु पर्दैन ।

२. धैर्य बिना ठुल्ठुलो समस्या त के सुरूवालको ईजार पनि फुकाउन सकिदैन।

३. संस्कारको जरा काटेर धाँस भएर बाँच्न त सकिन्छ, तर जीवनमा बर-पिपल भएर झाँगिन सक्दैन ।

४. धेरै हामी गरिब-गरिब नभनौ ! किनभने यत्तीका प्राकृतिक धार्मिक साँस्कृतिक श्रोत र साधन पाएर पनि ईस्वर प्रती कृतज्ञ बन्न सकेनाै भने भगवान् रिसाउनेछन् ।

५. हामी गरिब होइन, मुर्ख हाैं, माल पाएर चाल नपाउने मुर्ख, श्रोत र साधन भएर व्यवस्थापन गर्न नसक्ने मुर्ख ।

६. पत्रपत्रिकामा आउने सबै खबर सत्य हुने भए यो देशमा मान्छे होइन पागल मात्र बस्न लायक हुन्छ।

७. देशमा धान उमार्ने किसान मात्र होइन, धन फलाउने साहूजी पनि चाहिन्छ ।

८. निन्दा मात्र गरिरहने मानिसको जीवनको रेल नकारात्मक प्लेटफर्मबाट सुरू भइ निराशावाद अनि परपीडनको स्टेशन हुंँदै अन्तमा आत्मपिडनको कवाडिखानामा पुगेर थन्किन्छ ।

९. चुनौतीले भाग्यमानीको ढोका मात्र घचघच्याउँछ ।

१०. सफलताको बिछ्यौनामा फुल मात्र होइन, काँढा पनी उत्तीकै हुन्छ ।

११. दर्शनको बादल जब यथार्थमा ठोकिन्छ, तब जीवनमा व्यवाहारिक ज्ञानको वर्षा हुन्छ ।

१२. दिमाग शरीरको एउटा यस्तो चलायमान अंग हो, जहाँ सोचलाईं सुल्टो धुमाउन सकेन भने उल्टो घुमी हाल्छ ।

१३. जसरी बाँझो खेतमा बिउ छरेन भने धाँस उम्रिन्छ, त्यस्तै दिमागमा सकारात्मक कुरा भरेन भने नकारात्मक झारपात उम्रिन्छ ।

१४. धर्म कमाउन काशी जानु पर्दैन, पैसा कमाउन लाहुरे बन्नु पर्दैन, सेवा गर्न मदर टेरेसा बन्नु पर्दैन, देश बनाउन नेता बन्नु पर्दैन, मातृभूमिको सेवा गर्न मौरी जस्तै श्रमजीवी भए पुग्छ ।

१५. ‘कृया’ पेट पाल्नका निमित्त गरिन्छ जुन पशुले पनि गर्छ । ‘कर्म’ समाजका लागि गरिन्छ, जुन मान्छेले गर्छ ।

१६. बाघको छाला ओढेको बिरालोले पद, पैसा, पावर र सत्ता पाउना साथ म्याँउम्याँउ गरिहाल्छ ।

१७. धर्म भनेको कर्म हो । कर्म भनेको धर्म हो । धर्ममा वर्ग हुंँदैन ।

१८. काम नै कर्म हो । कामलाई पूजा गर्यो भने फोहर पनि मोहर बन्छ ।

१९. सफलताको अहंकार सिधै मस्तिकमा सल्किन्छ । असफलताको सन्ताप सोझै मनको नालिबेलीमा पोखिन्छ ।

२०. भोको पेट र खाली खल्ती त्यस्तो विश्वविद्यालय हो जहाँ हरेक विद्यार्थीले कर्मको ज्ञान सिक्छ ।

२१. सुख-दुख मनमस्तिस्कको अन्तस्करणमा लुकिरहेको हुन्छ, जसको प्रत्यक्ष रूप रंग आन्तरिक चाप चटारो तनाव र धपेडीले प्रतिबिम्बित गर्छ ।

२२. रावणको दरवारमा हनुमानलाई बस्ने स्थान नदिएर के भो र ! आफ्नो औक़ातको पुच्छर तन्काएर आसन बनाउन सके पुंगी हाल्छ नि । बुद्धी र शक्ति भए सेवक पनि मालिक बन्न सक्छ ।

२३. सपना भनेको कल्पना हो र विपना भनेको अस्तित्व ! अनि जीवनको वास्तविक भनेको सपना र विपनाको तालमेल मिलाउनु हो ।

२४. सफलताका ‘बाबु’ धेरै हुन्छन्, असफलता सधैं ‘अनाथ’ हुन्छ ।

२५. मान्छे बन्न चार शक्ती चाहिन्छ : सही सुन्ने ‘कानको शक्ति’, सुनेको कुरा हेर्ने ‘आँखाको शक्ति’, सुनेर हेरेर सोच्ने ‘मनको शक्ति’, सोचेर सही निर्णय लिने ‘दिमागको शक्ति’।

२६. असक्षमतालाई वाध्यता भनेर ढाकछोप गर्न पाइँदैन । किनभने वाध्यता भनेको अकर्मन्यताको बहाना मात्र हो ।

२७. नकारात्मक सोच भोको पेट बाट होइन, लोभी मनमा उम्रिन्छ ।

२८. समस्याको तुलनात्मक बोध र चोट सबैको समान हुन्छ । फरक यत्ती मात्र हो की कसले कति भार थाम्न सक्छ, यो व्यक्तिगत सामर्थ्यमा भरपर्छ । यहाँ सानो-ठुलो, धनि-गरिबको सवाल हुंँदैन ।

प्रतिक्रिया