आफ्नै एकसय शय्याको अस्पताल हुनेले मात्रै नर्सिङ पढाउन पाउने : मन्त्री पौडेल
नेपालखोज
२०७८ मंसिर २१ गते ११:४५

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताए छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउका हुन् ।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, ‘मापदण्ड पुगेका कलेजले पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ ।’
मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो । पीसीएल नर्सिङ अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले अहिलेका लागि ऐन बाहिर गएर काम गर्न नसकिने बताए ।
सम्बन्धित
प्रतिक्रिया