सोमबार, जेठ ६, २०८२

बैकिङ क्षेत्रमा कुल कर्जा खाता संख्या १७ लाख ६४ हजार नाघ्यो

नेपालखोज २०७८ मंसिर २२ गते २२:०३

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुमा हालसम्म सञ्चालनमा रहेको कुल कर्जा खाता संख्या १७ लाख नाघेको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा सम्वन्धी विस्तृत प्रतिवेदन अनुसार हालसम्म सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्था बाहेक २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६२ वटा संंस्थाहरुमा सञ्चालनामा रहेको कुल कर्जा खाताको संख्या १७ लाख ६४ हजार चार सय ५८ रहेको हो ।

यि खाताहरुबाट प्रवाह भएको कुल कर्जा रकम भने हालसम्म ४४ खर्ब ९२ अर्ब पाँच करोड १० लाख रुपैयाँ पुगेको छ । सो मध्ये वाणिज्य बैंकहरुमा मात्र १४ लाख १५ हजार दुई सय ५७ वटा कर्जा खाताहरु सञ्चालनमा रहेकाछन् । यि खाताहरुबाट चालुु आर्थिक बर्षको पछिल्लो तीन महिनासम्ममा कुल ३९ खर्ब ९२ अर्ब ८५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैकको भनाई छ ।

त्यसैगरी विकास बैंकहरुमा पनि हाल तीन लाख ११ हजार ८९ वटा कर्जा खाता सञ्चालनमा रहेको र यि खाताहरुबाट प्रवाह भएको कुल कर्जा रकम चार खर्ब २२ अर्ब २५ करोड ९० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैकका अनुसार फाईनान्स कम्पनीरुमा भने हालसम्म ३७ हजार एक सय १२ वटा कर्जा खाताहरु सञ्चालनमा रहेको र यि खाताहरुबाट प्रवाह भएको कुल कर्जा रकम भने ७६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया