प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७८ मंसिर २३ गते ६:१२

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राती प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ । प्रदेश नं १ र प्रदेश नं २ का भू-भागका एक /दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया