शनिबार, जेठ ५, २०८१

हिन्दु धर्मका आश्चर्यजनक १० रहस्य !

नेपालखोज २०७८ मंसिर २४ गते ५:००

सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्रो धर्ममा १० वटा यस्ता रहस्य छन्, जुन आजसम्म पनि सुल्झिएका छैनन् र सम्भवतः तिनीहरूमध्ये केहीको रहस्य मानव जातिले कहिल्यै जान्ने छैन । प्राचीन भारतवर्षमा एकातिर जहाँ अगस्त्यमुनिले बिजुलीको आविष्कार गरेका थिए भने हजारौँ वर्षपूर्व ऋषि भारद्वाजले यहाँ नै विमानशास्त्र जस्तो शास्त्र लेखेर मानव मात्रलाई के सन्देश दिएका थिए भने कसरी विमान बनाउन सकिन्छ । पृथ्वीको गुरुत्वाकर्षणको सिद्धान्त भास्कराचार्यले प्रतिपादन गरेका थिए भने फेरि यहाँ नै कणाद ऋषिलाई परमाणु सिद्धान्तका जनक मानिएको छ ।

१. सञ्जीवनी बुटीको रहस्य
शुक्राचार्यलाई मृत सञ्जीवनी विद्या थाहा थियो जसको कारणले उनी युद्धमा मारिएका दैत्यहरूलाई पुनः जीवित गरिदिन सक्थे । यस विद्या सिक्नलाई गुरु वृहस्पतिले आफ्नो एक शिष्यलाई शुक्राचार्यको शिष्य बन्नका लागि पठाइदिए ।

उसले यो विद्या सिक्न त सिक्यो तर शुक्राचार्य र दैत्यहरूलाई यसको बारेमा थाहा हुने बित्तिकै उनीहरूले उसको वध गरिदिए । रामायणमा के उल्लेख गरिएको छ भने जब राम–रावण युद्धमा मेघनाद आदिको भयंकर अस्त्र प्रयोगबाट समस्त राम सेना मरणासन्न हुन पुगेका थिए , तब हनुमानजीले जामवंतको परामर्शमा वैद्यराज सुषेणलाई बोलाए र सुषेणको भनाइका आधारमा द्रोणगिरि पर्वतमा गएर ४ वनस्पतिहरू ल्याए ।

यी ४ वनस्पतिमध्ये मृत सञ्जीवनी सबभन्दा महत्त्वपूर्ण छ, किनभने यसको बारेमा के भनिन्छ भने यसले व्यक्तिलाई मृत्युशय्याबाट पुनःस्वस्थ बनाउन सक्छ ।

२. के कल्पवृक्ष अहिले पनि पाइन्छ त ?

वेद र पुराणहरूमा कल्पवृक्षको उल्लेख गरिएको छ । कल्पवृक्ष स्वर्गको एक विशेष वृक्ष हो । पौराणिक धर्मग्रन्थहरू र हिन्दु मान्यताहरूका अनुसार के मानिन्छ भने यस वृक्षको मुनि बसेर व्यक्ति जे पनि इच्छा गर्दछ, त्यो इच्छा पूर्ण हुन जान्छ ।

किनभने यस वृक्षमा अपार सकारात्मक ऊर्जाको भण्डार हुन्छ । यो वृक्ष समुद्र मन्थनबाट निस्केको हो । समुद्र मन्थनबाट प्राप्त भएको यो वृक्ष देवराज इन्द्रलाई दिइएको थियो र इन्द्रले यसको स्थापना ‘सुरकानन वन’ (हिमालयको उत्तरमा) मा गरेका थिए ।

३. के कामधेनु गाई हुन्छ त ?

कामधेनु गाईको उत्पत्ति पनि समुद्र मन्थनबाटै भएको थियो । यो एक चमत्कारी गाई हुने गर्थ्यो जसको दर्शन मात्रैले पनि सबै प्रकारका दुःख–दर्द दूर हुन जान्थ्यो ।

दैवीय शक्तिहरूबाट सम्पन्न यो गाई जसको साथमा हुन्थ्यो उसलाई चमत्कारिक लाभ मिल्थ्यो। यस गाईको दूध अमृत समान मानिन्थ्यो । गाई हिन्दु्हरूका लागि सबभन्दा पवित्र पशु हो । यस संसारमा पहिले गाईका केही मात्रै प्रजातिहरू पाइन्थ्यो । त्यसभन्दा पनि प्रारम्भिक कालमा एकै प्रजाति थियो ।

४. ३३ कोटि देवता

हिन्दू धर्मअनुसार गाईमा ३३ कोटि देवी–देवता निवास गर्छन् । कोटिको अर्थ ‘करोड’ होइन, ‘प्रकार’ हो । यसको तात्पर्य गाईमा ३३ प्रकारका देवता निवास गर्दछन् ।

५. गाईको सूर्यकेतु नाडी

गाईको पीठमा करङको हाडमा अवस्थित सूर्यकेतु स्नायु हानिकारक विकिरणलाई रोकेर वातावरणलाई स्वच्छ बनाउँछ । यो पर्यावरणका लागि लाभदायक छ । अर्कातिर, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा आउँदा यह स्वर्णको उत्पादन गर्दछ । गाईको शरीरबाट उत्पन्न यो सुन गाईको दूध, मूत्र तथा गोबरमा पाइन्छ । यो स्वर्ण दूध वा मूत्र खानाले शरीरमा पुग्दछ र गोबरका माध्यमबाट खेतहरूमा पनि पुग्छ । कतिपय रोगीहरूलाई स्वर्ण भस्म दिइन्छ ।

६. देवस्थान

प्राचीनकालमा हिमालयमा नै देवता बस्दथे । यहीं ब्रह्मा, विष्णु र शिवको स्थान थियो र यहाँ नै नंदनकानन वनमा इन्द्रको राज्य थियो। इन्द्रको राज्यसँगै गन्धर्वहरू र यक्षहरूको पनि राज्य थियो ।

स्वर्गको स्थिति २ स्थानमा बताइएको– पहिलो हिमालयमा अर्काे कैलाश पर्वतको कयौँ योजन माथि। यहाँ नै मानसरोवर छ र यसै हिमालयमा अमरनाथको गुफा छ ।

७. अमृत कलश
समुद्र मन्थनका क्रममा के कुनै यस्तो रस निस्केको थियो जसलाई पिएर देवताहरूले अमरत्व प्राप्त गरेका थिए ? यदि समुद्रबाट यस्तो कुनै रस त्यतिबेला निस्केको थियो भने त्यो आज चाहिँ किन निस्कदैँन ? जरूरी छ र समुद्रबाट नै निक्लेको होस् ? अमृत कलशका लागि देव र दैत्यहरूका बीच भयंकर युद्ध भएको थियो ।

वास्तवमा अमृत निस्कनु एक रहस्य नै हो। यद्यपि वैज्ञानिक यस्तो औषधि बनाउन कोशिश गरिरहेका छन् जसको सेवनले मानिस लामो समयसम्म तरूण बन्न सकोस् ।

८. द्वारिका नगर

मथुराबाट निस्केर भगवान कृष्णले द्वारिका क्षेत्रमा नै पहिलेदेखि स्थापित खण्डहर भरइसकेको नगर क्षेत्रमा एक नयाँ नगरको स्थापना गरेका थिए ।

यहाँनेर हामीले के बझ्नुपर्छ भने भगवान कृष्णले आफ्ना पूर्वजहरूको भूमिलाई पुनः बस्न लायक बनाएका थिए । प्राचीन इतिहासको खोजी गृने इतिहासकारहरूका अनुसार द्वारिका विश्वको सबभन्दा रहस्यमय सहर हो । यस सहरमा अझै पनि शोधकार्य जारी छ । कयौँ द्वारहरूको सहर भएको कारणले यसको नाम ‘द्वारिका’ भएको हो ।

यस सहरका चारेतिर धेरै लामो पर्खाल थियो र त्यही पर्खालमा नै अनगिन्ती द्वार थिए। त्यो पर्खाल आज पनि समुद्रको गहिराइमा अवस्थित छ। भारतको सबभन्दा प्राचीन नगरहरूमध्ये एक हो द्वारिका ।

यी ७ नगरहरू– द्वारिका, मथुरा, काशी, हरिद्वार, अवन्तिका, कांची र अयोध्या। द्वारिकालाई द्वारावती, कुशस्थली, आनर्तक, ओखा–मण्डल, गोमती द्वारिका, चक्रतीर्थ, अन्तरद्वीप, वारिदुर्ग, उदधिमध्य स्थान पनि भनिन्छ ।

९. के साँच्चिकै कर्णका कवच र कुण्डल आज पनि बनाउन सकिन्छ त ?
भगवान कृष्ण के भली–भाँति जान्दथे भने जबसम्म कर्णसँग उसका कवच र कुण्डल हुन्छन्, तबसम्म उसलाई कसैले पनि मार्न सक्दैनथ्यो । यस्तो अवस्थामा अर्जुनको सुरक्षाको कुनै ग्यारेन्टी थिएन ।

उता देवराज इन्द्र पनि चिन्तित थिए, किनभने अर्जुन उनका पुत्र थिए । भगवान कृष्ण र देवराज इन्द्र दुबै जना के जान्दथे भने जबसम्म कर्णसँग जन्मजात कवच र कुण्डल हुन्छन्, कर्ण युद्धमा अजेय हुनेछ । त्यसपछि कृष्णले देवराज इन्द्रलाई एक उपाय बताए । जस अनुसार देवराज इन्द्र एक ब्राह्मणको वेशमा कर्णको द्वारमा पुगे ।

देवराज पनि सबैका साथ पंक्तिबद्ध भई कर्णको द्वारमा खडा भए । कर्णले उपस्थित सबैलाई केही न केही दान दिइरहेका थिए । पछि जब देवराजको पालो आयो त अनि दानी कर्णले सोध्यो- विप्रवर, आज्ञा गर्नुहोस ! हजुर कुन वस्तुको अभिलाषा लिएर आउनुभयो ? तब देवराज इन्द्रले छलपूर्वक कर्णसँग उसका कवच र कुण्डल दानमा लिएका थिए ।

१०. कहाँबाट आयो सुदर्शन चक्र ?

के भनिन्छ भने सुदर्शन चक्र एक यस्तो अचूक अस्त्र थियो जसलाई छोडेपछि यो लक्ष्यलाई पछ्याउँथ्यो र उसको काम तमाम गरेर मात्र पुनः छोडिएको स्थानमा आउँदथ्यो ।

यस चक्र भगवान विष्णुको तर्जनी अंगुली वा चोरी औँलामा घुमिरहेको बताइन्छ। सबभन्दा पहिले यो चक्र उनीसँग थियो । पुराणहरूका अनुसार विभिन्न देवताहरूसँग आफ्ना–आफ्ना चक्र हुन्थे। सबै चक्रहरूको अलग–अलग क्षमता हुन्थ्यो र सबैका चक्रहरूको नाम पनि फरक फरक थियो। महाभारत युद्धमा भगवान कृष्णसँग सुदर्शन चक्र थियो ।

यो सुदर्शन चक्र कहाँबाट आएको थियो र चक्रहरूको जन्मदाता को थियो? के आज पनि यस्तो खालको अस्त्र बनाउन सकिन्छ ? वा कि यने एक चमत्कारिक शक्तिबाट संचालित हुन्थ्यो कुनै मेसिनद्वारा होइन ?

यस्ता कतिपय सवालहरू छन् जसको रहस्य अझै पनि यथावत छन्। यद्यपि हिजोआज यस्ता मिसाइलहरू बन्र थालेका छन्, जसले निर्दिष्ट लक्ष्यलाई भेदन गरेर पुनः फर्केर आउँछन्, तथापि चक्र जस्तो अस्त्र त साँच्चै अद्भूत छ ।

प्रतिक्रिया