आइतबार, वैशाख १४, २०८२

जहाँ छ इच्छामृत्युको अनुमति !

नेपालखोज २०७८ मंसिर २५ गते ११:००

नेपालमा इच्छामृत्यु सम्बन्धि कुनै कानुन छैन । यद्यपि संसारका कतिपय देशले इच्छामृत्यु सम्बन्धि विभिन्न कानुनी व्यवस्था गरेका छन् । एक ताका नेपालमा यस विषयमा कानुनी व्यवस्थाका लागि आवाज नउठेको भने होइन ।

२०२० मा जर्मनीले इच्छामृत्यु सम्बन्धी आफ्नो कानुनी व्यवस्थामा केही परिवर्तन गरी लामो समयदेखिका बिमारीले डाक्टरको मदतबाट आफ्नो जीवनकाे अन्त्य आफैंले गर्न सक्ने प्रावधानलाई स्विकृति प्रदान गर्‍यो । यो कानुन अनुसार यसका लागि चिकित्सकको सहमति अनिवार्य छ भने यसमा बिमारीलाई साथ दिन उनलाई बाध्य तुल्याउन सकिदैन ।

युरोपका अधिकांश मानिस इच्छामृत्युका लागि स्विजरल्यान्ड पुग्छन् । स्विजरल्यान्डमा असिस्टेड सुसाइडको अनुमति छ तर युथेनेशियाका लागि अनुमति छैन । अर्थात स्विजरल्यान्डमा कसैको मदतले आफ्नो जीवन समाप्त गर्न सकिन्छ तर आफैंले आफ्नो ज्यान लिन सकिदैन अर्थात आत्महत्या गर्न पाइदैन ।

नेदरल्यान्डले असिस्टेड सुसाइड र यूथेनेशिया दुवैलाई मान्यता दिएको छ । यसका लागि पहिले चिकित्सकको अनुमति आवश्यक हुन्छ । १२ वर्ष माथिका व्यत्तिले यसका लागि निवेदन दिन सक्छन् भने १६ वर्षभन्दा कम उमेरकाहरुले यसका लागि बाबु-आमाको सहमति लिनुपर्छ ।

बेल्जियममा इच्छामृत्युका लागि उमेरको कुनै बन्देज छैन । यहाँ इच्छामृत्युकाे दुवै विधिलाई अनुमति दिइएको छ । बालबालिकाको हकमा लामो बिमारीमा इच्छामृत्युका लागि अनुमति लिन सकिन्छ भने वयस्कहरुले बिना कुनै बिमारी पनि इच्छामृत्युका लागि आवेदन दिन सक्छन् ।

लग्जमवर्गमा इच्छामृत्युकाे आवेदन केवल वयस्कहरुले दिन सक्छन् । यसका लागि चिकित्सकले बिमारिको अवस्थामा सुधार आउने कुनै सम्भावना नभएको कुरा प्रमाणित गर्नुपर्ने हुन्छ । लग्जमवर्गको कानुन अनुसार बिमारिको अवस्थामा सुधार आउने कुनै सम्भावना छैन र उसले बिमारीका कारण ठुलो कष्ट झेलीरहेको छ भने आफ्नो जीवनकाे अन्त्य गर्नु गलत होइन ।

क्यानाडाको कानुन पनि लक्जमबर्गको कानुन जस्तै नै छ । यहाँ इच्छामृत्यु त्यस्तो अवस्थामा मात्र रोज्न सकिन्छ जुन अवस्थामा बिमारीको मृत्युु निश्चित जस्तै हुन्छ । कुनै पनि बिमारीको अवस्थामा सुधारको कुनै गुन्जाइश छैन भने यहाँ इच्छामृत्युको अनुमति प्राप्त हुन्छ ।

कोलम्बियामा २०१५ मा इच्छामृत्युकाे पहिलाे मामिला देखा पर्यो । यहाँ डाक्टरकाे सिफारिसका भरमा मात्र इच्छामृत्युको अनुमति दिइदैन । यसका लागि एउटा स्वतन्त्र समितिले छानविन गरि अनुमति दिनु पर्ने हुन्छ ।

अस्ट्रेलियाले १९९५ मै इच्छामृत्युलाई स्वीकृति प्रदान गरेको हो । त्यतिबेला उक्त कुराको यति बिरोध भयो कि दुई वर्ष पछि नै अथवा १९९७ मा यो कानुन फिर्ता लिनु पर्यो । त्यस पछि २० वर्ष सम्म इच्छामृत्युकाे विषयमा बहस चलिरह्यो ।

५० पटक इच्छामृत्युलाई अनुमति दिने प्रस्ताव गरिए पनि आखिर २०१७ मा मात्र यसले कानुनि मान्यता पायो । अमेरिकाका अलग-अलग राज्यमा आ-आफ्नै किशिमका कानुनि व्यवस्था छन् । अमेरिकाका १५ वटा राज्यले इच्छामृत्युलाई अनुमति प्रदान गरेका छन् ।

यहाँ चिकित्सकले प्रेसक्रिप्शनमा औषधीको नाम लेखेर बिमारीलाई मृत्युु वरण गराउन सक्छन् । फ्रान्सको कानुन अरु देशको तुलनामा केही अलग छ ।

यहाँ सहन नसक्ने कष्टको अवस्थामा बिमारीले डाक्टरसँग यस्तो बेहोशीको औषधी माग गर्न सक्छन जसले उसलाई लामो समय बेहोसिमा राखेर अन्तत प्राणसम्म हर्न सक्छ ।

प्रतिक्रिया