यो शताब्दिको अन्त्यसम्म कमजोर देशहरुको ६४ प्रतिशत जीडीपी प्रभावित हुने

काठमाडाैं । जलवायु परिवर्तनका कारण यो शताब्दिको अन्त्यसम्म कमजोर देशहरुको सकल घरेलु उत्पादन (जीडीपी) करीब ६३.९ प्रतिशतसम्म प्रभावित हुन सक्छ । अन्तराष्ट्रिय संगठन क्रिश्चियन एन्डद्वारा जारी रिपोर्ट लास्ट एन्ड ड्यामेज्डमा यो कुरा उल्लेख छ ।
यो अध्ययनमा जलवायु परिवर्तनका ति विनाशकारी आर्थिक प्रभावहरुमा प्रकाश पारिएको छ जसकाे असर संसारका सबैभन्दा गरिब देशहरुमा पर्नेछ । रिपोर्टअनुसार यदि यसरी नै चलिरहने हो भने २०५० सम्ममा ६५ वटा निर्धन देशको जीडीपी सरदर १९.६ प्रतिशत घट्ने छ भने शताब्दिको अन्त्यसम्ममा अर्थव्यवस्थामा पुग्ने यो नोक्सानी बढेर ६३.९ प्रतिशत पुग्नेछ ।
त्यति मात्र होइन यदि तापमानमा भैरहेको वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्दा पनि २०५० सम्म कमजोर अर्थव्यवस्था भएका देशको जीडीपीमा सरदर १३.१ प्रतिशतको नोक्सान हुनेछ । यो सताब्दिको अन्त्य सम्म त्यस्तो नोक्सानी बढेर ३३.१ प्रतिशतसम्म पुग्नसक्छ । रिपोर्ट अनुसार यसकाे सबैभन्दा ठूलो नोक्सानी अफ्रिकि मुलुक सुडानले चुकाउनु पर्नेछ ।
अनुमान अनुसार २०५० सम्म सुडानको जीडीपीमा ३२.४ प्रतिशतको नोक्सानी हुनेछ भने यो सताब्दिको अन्त्यसम्म त्यस्तो नोक्सानी बढेर ८३.९ प्रतिशत पुग्नेछ । यदि १.५ डिग्री सेल्सियस को लक्ष्य हासिल भयो भने पनि २०५० सम्ममा सुडानको अर्थव्यवस्थाले २२.४ प्रतिशतको नोक्सानी बेहोर्नुपर्नेछ जुन यो सताब्दिको अन्त्य सम्ममा ५१.४ प्रतिशत पुग्नेछ ।
रिपोर्टमा उल्लेख भए अनुसार जलवायु परिवर्तनको सबैभन्दा ठुलो खतरा अफ्रिकालाई छ । यसबाट सबैभन्दा बढि प्रभावित हुने दस वटा देश मध्ये आठ वटा देश अफ्रिकाका छन् । अनुमान अनुसार जलवायु सम्बन्धी वर्तमान स्थिति कायम रहने हो भने यो सताब्दिको अन्त्य सम्ममा यी दशवटा देशको जीडीपीमा ७० प्रतिशतले कमी आउनेछ ।
तापक्रमको वृद्धिलाइ १.५ डिग्री सेल्सियसमा रोक्दा पनि यस्तो नोक्सानी ४० प्रतिशतको आसपासमा रहने सम्भावना छ । यदि तापमानमा भैरहेको वृद्धि लाई १.५ डिग्री सेल्सियसमा रोकियो भने पनि यो शताब्दिको अन्त्यसम्ममा बंगलादेशको करीब ३८ प्रतिशत जीडीपी त्यसबाट प्रभावित हुनेछ ।
प्रतिक्रिया