शुक्रबार, वैशाख २८, २०८१

अहिलेसम्म १३६५ मत खस्यो, केबी गुरुङले गरे पहिलो मतदान

नेपालखोज २०७८ मंसिर २७ गते १६:०२

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा १३६५ मत खसेको छ । मध्याह्‍न १२ बजेदेखि सुरु भएको मतदानमा १३६५ मत खसेको हो । १३२ पदका लागि ४८७ उम्मेद्‌वार चुनावी प्रतिस्पर्धामा छन् । मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था मिलाइएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभागृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्रांगण) मा ८५२ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिय सभागृहमा एक हजार ती सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेसका नेता कुलबहादुर (केबी) गुरुङले पहिलो मत खसालेका थिए । एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ छ ।

प्रतिक्रिया