एमालेको अवरोध, ६ वटा विधेयक पेस

काठमाडौं । प्रतिनिधिसभाको १०औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । आज बसेको प्रतिनिधिसभाको १०औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी राखेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडुले रेल्वे अध्यादेश २०७८ पेस गरे । त्यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेस मन्त्री बडुले बैठकमा पेस गरे ।
एमालेले आज सुुरु भएको संसद अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले सोही विषयलाई लिएर सांसद अवरुद्ध गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते आज दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया