चौबीस घण्टामा थपिए २६४ संक्रमित, ३६२ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४ हजार ३१७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३५ जना गरि कुल २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ६८९ जना सक्रिय संक्रिमत रहेका छन् ।
यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३६२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५५९ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर कुल २ लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया