मतदातासँग मत माग्दै देउवा-कोइराला !

नेपालखोज २०७८ मंसिर २८ गते १८:०५

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेद्‌वार शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मतदातासँग मत मागिरहेका छन् । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ-आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ साढे ७ बजेसम्मको समय व्यवस्थापन गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

पहिलो चरणको मतदानमा देउवाले दुई हजार २५८ र कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया