सुरुंगामा माछापुच्छ्रेको क्यूआर कोड

काठमाडौं । माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यसाथ सुरु गरिएको सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताबारे जनाएका थिए । कार्यक्रममा माछापुच्छ्रे बैंक पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरी, बैंकका प्रदेश १ प्रमुख दीपेन्द्रप्रसाद वाग्ले, दायित्व तथा बाह्य मामिला विभाग उप-प्रमुख प्रतिमा पाण्डेलगायतको सहभागिता थियो ।
क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सीधैं आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।
प्रतिक्रिया