शनिबार, जेठ ५, २०८१

वेदलाई सबै धर्म ग्रन्थको पिता किन भनिन्छ ?

नेपालखोज २०७८ मंसिर २९ गते ५:००

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दुहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो जसको अर्थ हो जान्नु, ज्ञान इत्यादि । वेद हिन्दु धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो ।

वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्काबाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक/श्रुति श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्षदेखि चलीआइ रहेको छ । वेद नै हिन्दु धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

आधुनिक विचारधाराका अनुसार चार वेदहरूको विभाजन यसप्रकार गरिएको छ

(१) याज्ञिक,
(२) प्रायोगिक
(३) साहित्यिक ।

वेदको सार उपनिषद र उपनिषदको सार ‘गीता’लाई मानिन्छ । यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन्, अर्काे कुनै छैन । स्मृतिहरूमा वेद वाक्यहरूलाई विस्तृत रूपमा व्याख्या गरिएको छ ।

वाल्मिकी रामायण र महाभारतलाई इतिहास तथा पुराणहरूलाई पुरातन इतिहासका ग्रन्थ मानिएको छ । विद्वानहरूले वेद, उपनिषद र गीताको पाठलाई नै उचित ठहर गरेका छन् । ऋषि तथा मुनिहरूलाई दृष्टा भनिएको छ भने वेदलाई ईश्वर वाक्य मानिएको छ ।

वर्तमान समयमा वेद चार मानिन्छन् । ती हुन् ऋग्वेद, यजुर्वेद , सामवेद अथर्ववेद

ऋग्वेद (यसमा देवताहरूको आह्वान गर्ने मन्त्रहरू छन् -यही सर्वप्रथम वेद हो । यो वेद मुख्यतः ऋषि मुनिहरूको लागि हुन्छ ।
सामवेद यसमा यज्ञमा गाउनको लागि संगीतमय मन्त्रहरू छन् । यो वेद मुख्यतः गन्धर्वहरूको लागि हुन्छ ।
यजुर्वेद यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य मन्त्रहरू छन् । यो वेद मुख्यतः क्षत्रियहरूको लागि हुन्छ ।
अथर्ववेद यसमा जादू, चमत्कार, आरोग्य, यज्ञको लागि मन्त्रहरू छन् । यो वेद मुख्यतः व्यापारीहरूको लागि हुन्छ ।

चार उपवेद

धनुर्वेद, गान्धर्ववेद, आयुर्वेद, र अर्थवेद । हर वेदको चार भाग हुन्छन् । पहिले भाग (संहिता)को वाहेक हरेकमा टीका अथवा भाष्यको तीन स्तर हुन्छन् ।

प्रतिक्रिया