शनिबार, जेठ ४, २०८२

साफ यू-१९ महिला च्याम्पियनसिप : नेपालसँग श्रीलंका ६-० गोल अन्तरले पराजित

नेपालखोज २०७८ मंसिर २९ गते २०:२१

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ । बंगलादेशको ढाकामा आज भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।

नेपालका लागि रश्मीकुमारी घिसिङले दुई तथा सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एकरएक गोल गरे ।

श्रीलंकालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका अंकविहीन छ । यसअघिका खेलमा श्रीलंका, भुटान र भारतसँग पराजित भएको थियो । नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया