मंगलबार, वैशाख १६, २०८२

उद्यमी बन्ने विद्यार्थीलाई महावीर पुनले सहयोग गर्ने

नेपालखोज २०७८ पुष १ गते १५:३५

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरुबारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि महावीर पुनले अबको आवश्यकता डिजिटल बैंकिङ रहेको भन्दै हरेक विद्यार्थीले उद्यमशील बन्नुपर्ने बताए ।

राष्ट्रिय आविष्कार केन्द्रले उद्यमी बन्न चाहने विद्यार्थीलाइ सहयोग गर्ने आश्वासन पनि पुनले दिए । साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिँदै विद्यार्थीहरुले यस कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे ।

नेपाल बैंक लिमिटेड काठमाडौं बैंकिङ अफिस र साउथ वेस्टर्न स्टेट कलेजको सहकार्यमा कार्यक्रम भएको हो । साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. केसीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक तथा नेपाल बैंक लिमिटेडका ब्रान्ड एम्बेसडर महावीर पुन प्रमुख अतिथि थिए ।

प्रतिक्रिया