कांग्रेस सह-महामन्त्री उम्मेद्‌वारको मतगणना जारी

नेपालखोज २०७८ पुष १ गते १७:२९

काठमाडौँ । नेपाली कांग्रेसका सह-महामन्त्री उम्मेद्‌वारहरुको मतगणना सुरु भएको छ । बिहान करिब ११ बजेबाट सुरु भएको महामन्त्रीको मतगणना सकिएसँगै पार्टी कार्यालय सानेपामा सह-महामन्त्रीका उम्मेद्‌वारहरुको मतगणना सुरु भएको हो । पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १४औं महाधिवेशनमा महिला, दलित, आदिवासी-जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट जम्मा आठजना सह-महामन्त्री निर्वाचित हुनेछन् ।

आठ सह-महामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, डिना उपाध्याय, शेष वकिल र उमाकान्त चौधरीले उम्मेद्‌वारी दिएका छन् ।

प्रतिक्रिया