मंगलबार, वैशाख १६, २०८२

एनएमबि लघुवित्त र केवाईसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

नेपालखोज २०७८ पुष १ गते २०:५९

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ग्राहक पहिचान सम्वन्धी सम्पूर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल ऐज नेपालसंग सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा एनएमबि लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल ऐजका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र वैकवाट “घ” वर्गको बित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका बिभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब एक लाख १९ हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।

त्यसैगरी सूचना प्रविधिको क्षेत्रमा काम गर्ने एक अग्रिणी संस्थाकोरुपमा रहेको डिजिटल ऐज नेपालबाट विकास गरिएको केवाईसी म्यानेजमेन्ट सिस्टमलगायतका प्रोगाम, एप्लिकेशन, सफ्टवेयरहरु नेपाल अधिराज्यका सवैजसो बैंक तथा वित्तीयसंस्थाहरुमा प्रयोग भईरहेका छन् ।

केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भए पश्चात् वित्तीय संस्थामा आवद्घ ग्राहकहरुको ब्यक्तिगत विवरण अभिलेख व्यवस्थित र विश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनवाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ ।

प्रतिक्रिया