पाँच सह-महामन्त्रीको यस्तो छ पछिल्लो मतपरिणाम

नेपालखोज २०७८ पुष २ गते १४:३१

काठमाडौँ । नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । तीनमा देउवा पक्षका उम्मेद्वारले अग्रता कायम गरेका छन् भने एकमा कोइरालाका उम्मेद्वारले अग्रता लिएका छन् ।

खस आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म १९९५ मत गनिएको छ । मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ११०३ र कोइराला पक्षका देवराज चालिसेले ८४९ मत ल्याएका छन् ।

पिछडिएको क्षेत्रको प्रारम्भिक मत परिणाममा बद्री पाण्डेले अग्रता लिएका छन् । हाल ५१३ मत गन्दा पाण्डेले २५३ मत ल्याएका छन् भने जीवनबहादुर शाहीले २४६ मत पाएका छन् । पाण्डे शेखर कोइराला प्यानलका हुन् भने शाही शेरबहादुर देउवा प्यानलका हुन् । यस्तै चेतराज बजालले १० मत ल्याएका छन् ।

मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता लिएका छन् । उनले ५३० मत पाउँदा रामकृष्ण यादवले ३९१ मत पाएका छन् भने सहमहामन्त्रीमा रन्जित कर्णले १०८ मत पाएका छन् । रामकृष्ण यादव शेखर कोइराला समूहका उम्मेदवार हुन् भने महेन्द्र यादव संस्थापन पक्ष ।

थारु समूहका उमाकान्त चौधरीले अग्रता लिएका छन् । १७७७ मत गणना हुदाँ चौधरीेले ९८३ मत प्राप्त गरे । उनी कृष्ण सिटौला पक्षका हुन् । कोइराला पक्षका तेजुलाल चौधरीले ७६९ मत प्राप्त गरे ।

मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुको प्रारम्भिक मत परिणाम आउने क्रममा छ ।

प्रतिक्रिया