आइतबार, जेठ ६, २०८१

स्टार किड्सको अफेयर्स हल्ला

नेपालखोज २०७८ पुष ३ गते १२:१०

काठमाडौं । बलिउडमा अहिले सुपरस्टारहरुको जति चर्चा हुन्छ त्योभन्दा बढी स्टार किड्सहरुको चर्चा हुन थालेको छ । स्टार किड्सहरुको बलिउड डेब्युदेखि लिएर उनीहरुको अफेयर्ससम्मको खबरले बलिउडलाई तताइरहेको हुन्छ ।

ती तमाम खबरमध्ये धेरै त उडन्ते गफ साबित हुन्छन् । ती कुराको पुष्टि कहिल्यै हुँदैन । यद्यपि यस्ता हल्लाकै कारण स्टार किड्सहरु लाइमलाइटमा आउँछन् र उनीहरुको परिचय फराकिलो बन्दै जान्छ । यसबाट उनीहरुको फ्यान फलोअर्स तथा लोकप्रियतासमेत बढ्ने बताइन्छ ।

कहिलेकाहीँ त स्टार किड्सहरु राम्रो साथी भए पनि मिडियाले उनीहरुलाई प्रेम ज‍ोडीका रुपमा प्रस्तुत गरिदिन्छन् । आउनुहोस् चर्चा गरौं स्टार किड्सको अफेयर्सका केही हल्ला ।

जाह्नवी कपुर-ईशान खट्टर : जाह्नवी कपुरले चलचित्र धडकबाट करियर सुरु गरेकी हुन् । उक्त चलचित्रमा उनको अपोजिटमा थिए अभिनेता ईशान खट्टर । ईशान पनि बलिउडका लागि नयाँ अनुहार थिए । यसक्रममा जाह्नवी र ईशानबीच अफेयर सुरु भएको हल्ला चल्यो । पर्दामा यो जोडीलाई खुब मन पराइयो । धेरैले उनीहरु व्यक्तिगत रुपमा नजिकिएको बताए पनि उनीहरुले भने एक-अर्कालाई असल साथी मात्र भएको बताएर यो प्रसंगमा विराम लगाए ।

अनन्या पाण्डे-ईशान खट्टर : अनन्या पाण्डे र ईशान खट्टरकबीच अफेयरको चर्चा त बलिउडमा अहिले पनि छ । हालै जब आर्यन खान मामिलामा एनसीबीले अनन्यासँग सोधपुछ गर्यो त्यति बेला ईशानले उनलाई पूरा सपोर्ट दिए । ईशान फूलको बुके लिएर अनन्यासँग भेट्नसमेत पुगेका थिए ।

नव्या नवेली नन्दा-मिजान जाफरी : नव्या नवेली नन्दा अहिले गली ब्वाई फेम सिद्धान्त चतुर्वेदीसँगक‍ो अफेयरका कारण चर्चामा छिन् । यसअघि नव्याको नाम जावेद जाफरीका छोरा मिजान जाफरीसँग जोडिएको थियो । यद्यपि त्यो खबर केवल हल्ला साबित भयो । एक अन्तर्वार्तामा मिजानले अफेयरक‍ो कुरा पूर्ण रुपमा नकारेपछि सबैले त्यसको चर्चा गर्न छोडे ।

अहान सेट्टी-तानिया श्राफ : सुनील सेट्टीका पुत्र अहान सेट्टीको फेसन इन्फ्ल्युएन्सर तान्या श्राफसँग अफेयरको हल्ला थिय‍ो । उनीहरु दुवै एक-अर्कासँग नजिक पनि थिए । अहानले तानियासँग भेकेसन इन्ज्वाय गरेको तस्बिर सामाजिक सन्जालमा सेयरसमेत गरेका थिए ।

रोहन मेहरा-युक्ति कपुर : पुराना अभिनेता विनोद मेहराका छोरा रोहन मेहरा पनि आफ्ना पिता जस्तै रिलेशनसिपको कुरालाई लिएर चर्चामा आइरहन्छन् । यसक्रममा रोहन र युक्ति कपुरबीच अफेयरको चर्चा चल्यो । यद्यपि त्यो खबर हल्ला मात्र साबित भयो । पछि के खबर आयो भने रोहनको युक्तिसँग ब्रेकअप भयो । भनिन्छ रोहन अहिले अभिनेत्री कान्ची सिंहसँगक‍ो सम्बन्धमा छन् ।

सारा अली खान-कार्तिक आर्यन : सारा अली खान बलिउडकी चुलबुली अभिनेत्री हुन् । उनी कुनै न कुनै कारणले सधैं चर्चामा रहन्छिन् । चलचित्र लभ आज कलको सुटिङका क्रममा कार्तिक आर्यनसँग उनक‍ो अफेयर चलेको हल्ला आयो । साराले करण जौहरको टक शोमा आफूलाई कार्तिक मनपर्ने कुरासम्म बताइन् । तर उनीहरुक‍ो अफेयरको सबै खबर गलत साबित भय‍ो । चलचित्रको काम सकिएपछि उनीहरुको बाटो पनि अलग भय‍ो ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया