एमसीसी लगायतका विषयमा छलफल गर्न भोलि सर्वदलीय बैठक

नेपालखोज २०७८ पुष ३ गते १७:३२

काठमाडौं । प्रधानमन्त्री हेरबहादुर देउवाले सर्वदलीय बैठक बोलएका छन् । प्रधानमन्त्री देउवाले भोलि आइतबार ४ बजेका लागि बैठक बोलाएका हुन् ।

हिजो सत्तापक्षका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि देउवा बैठक बोलाउने मूडमा परेका हुन् । प्रचण्डले देउवालाई बैठक बोलाउन आग्रग गरेको बताइएको छ ।

पछिल्लो समय एमसीसी सम्झौता संसद्बाट पारित गराउने चर्चा चलिरहेको छ । यस विषयलाई लिएर नेता तथा पार्टी विभाजित छन् । बैठक बोलाएर साझाा धारणा बनाउने बुझिएको छ ।

प्रतिक्रिया