बुधबार, वैशाख १७, २०८२

दाेस्राे दिनकाे मतगणना जारी, सबैभन्दा अगाडि काेइराला

नेपालखोज २०७८ पुष ४ गते १०:५३

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गए रातिदेखि रोकिएको खुला केन्द्रीय सदस्यका उम्मेदवारको मतगणना सुरु भएको छ । खुलातर्फका ३५ केन्द्रीय सदस्यको टुंगो लगाउन शनिबार सुरु मतगणना राति अबेर रोकेर आज (आइतबार) बिहान पुनः जारी राखिएको हो। 

गएराति अबेरको मतपरिणाम अनुसार डा. शशांक कोइराला पहिलो नंबरमा छन् । २३ सय ९३ मतगणना हुँदा शशांकले १९ सय ७१ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेका छन् ।

३५ जना खुला केन्द्रीय सदस्य चयन गर्न भएको निर्वाचनको मतपरिणाम अनुसार १५ सय ३८ मत प्राप्त गर्दै एनपी साउँद दोस्रो स्थानमा छन् । यस्तै १५ सय ३ मत प्राप्त गर्दै गृहमन्त्री बालकृष्ण खाँण तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया