जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो : डा. टेड्रोस

काठमाडाैं । कोभिडको ओमिक्रोन भेरियन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।
‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ‘कठिन निर्णय’ गरिनुपर्ने बताएका छन् ।
‘केही अवस्थामा यसको अर्थ कार्यक्रमहरू रद्द गर्नु वा पछि सार्नु हुनेछ,’ उनले थपे । उनका अनुसार ‘ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ ।
फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरियन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो । द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ ।
सोमवाबार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ‘देशलाई बन्द गर्ने’ योजना नबनाएको बताएका थिए । बीबीसी
प्रतिक्रिया