ललिता निवास जग्गा प्रकरणमा मुछिएका एक दम्पती पक्राउ
नेपालखोज
२०७८ पुष ७ गते २०:४४

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार ललिता निवास जग्गा हिनामिना प्रकरणमा बिचौलियाको भुमिका निर्वाह गर्ने काठमाडौ महानगरपालिका वडा न १३ ताहाचल बस्ने ५७ वर्षिय रामकुमार सुवेदी र सोही स्थान बस्ने ५५ वर्षिया माधवी सुवेदीलाई पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (बिचौलिया) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।
उनीहरूसहित अन्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए ।

सम्बन्धित

प्रतिक्रिया