प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुन्छ : लिङ्देन

नेपालखोज २०७८ पुष ८ गते २०:१२

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राज्य आन्दोलनबाटै स्थापित हुने बताएका छन् । रिपोटर्श क्लव दाङले बिहीवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यसैगरी कांग्रेस महाधिवेशनमा आफुले बोलेको अभिव्यक्तिका विषयमा उनले कुनै प्रतिक्रिया दिएनन् । त्यसैगरी अहिले चर्चामा रहेको एमसीसीका विषयमा पनि राप्रपाले चांडै आफ्नो आधिकारीक धारणा बनाउने उनले स्पष्ट पारे ।

मुलुकमा धेरै महत्वाकांक्षी विकास निर्माणका योजनाहरुले गति लिन नसकेको अवस्थामा यति सानो ५५ अर्वको परियोजनामा यति धेरै टिकाटिप्पणी पनि आवश्यक नभएको उनले बताए ।

प्रतिक्रिया