आइतबार, जेठ ६, २०८१

सम्बन्धहरुबारे कसरी ख्याल गर्ने ?

नेपालखोज २०७८ पुष ९ गते ११:५२

तनावपूर्ण समयमा आफ्ना परिवारका सदस्यहरूसँग बढी समय बिताउदा सम्बन्धमै चुनौती आउने अवस्था पनि हुन सक्छ ।

सुझाव १ : पाँच मिनेटको कुराकानी
खुला रूपमा कुराकानी गर्नुहोस् – तपाईंसँग बस्ने व्यक्तिहरूसँग ५ मिनेट मात्रै भए पनि कुराकानी गर्नुभयो भने सम्बन्धलाई प्रतिकुल असर पर्ने सम्भावना कम हुन्छ। खाना खाने समयमा कुराकानी गर्नु राम्रो हुन्छ जुनबेला हाँस्दै धैर्यताका साथ कुरा गर्न सजिलो हुन्छ।

सुझाव – २ : आफुले कस्तो महसुस गरिरहेको छु भन्ने कुरा थाहा पाउनुहोस् ।
तपाईंलाई कुन कुराले रीस उठाउँछ, निराश वा चिन्तित बनाउँछ वा झर्को लाग्ने बनाउँछ भन्ने बारेमा सचेत रहनुहोस्। यस्तो महशुस हुनुमा खराबी केहि पनि छैन र तपाईंले यसलाई कसरी झेल्नुहुन्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ कुन कुराले तपाईंमा यस किसिमका सोचाई जन्माउँछ भन्ने बारेमा सोच्ने कोसिस गर्नुहोस्। जस्तै- ‘मेरी आमाले सधैं मेरो आलोचना मात्रै गर्नुहुन्छ’, ‘म सँगै बस्ने साथीहरूले कोठा धेरै फोहोर राखेका छन्’, ‘मैले गरेका केही पनि सफल भइरहेका छैनन्’, ‘मेरो बुबाआमा सधैं झगडा गर्नुहुन्छ ।’

सुझाव – ३ : थाहा पाउनुहोस् तर प्रतिक्रिया नदिनुहोस् ।
झगडा परेको बेला आवेशमा आएर प्रतिक्रिया व्यक्त गरिने सम्भावना रहन्छ। त्यसैले, कुनै रचनात्मक तरीकाले प्रतिक्रिया जनाउनुहोस्, जस्तै- कतै जाने वा नबोल्ने, या त आफू शान्त नहुँदासम्म नबोल्ने। विस्तारै सास लिनुहोस् र आफ्नो वरिपरि भएका चीजहरूमा ध्यान दिनुहोस् , जस्तै – मौसम, आवाजहरू वा आफनै सास। आफुलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरा बताउने कोशिश गर्नुहोस् । आफ्नो कुरा राख्ने कोशिश गर्दा शान्त हुन सक्नुभएन वा अर्को व्यक्ति शान्त भइरहेका छैनन् भने अन्य व्यक्तिसँग सहयोग माग्नुहोस् ।

सुझाव ४ : तपाईंलाई सहयोग गर्ने व्यक्तिहरूसँग कुराकानी गर्नुहोस् ।
तपाईंको जीवनका ५ जना महत्वपुर्ण व्यक्तिहरूको बारेमा सोच्नुहोस्। उनीहरुले तपाईंलाई कस्तो महशुस गराउँछन्? उनीहरूको बारेमा तपाईं कस्तो सोच्नुहुन्छ? तपाईंले आफ्नो समय कसलाई दिनुहुन्छ, छान्नुहोस्।
उनीहरूलाई तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ भन्ने कुरा सोच्नुहोस् – जस्तै घरायसी काममा सहयोग गर्ने वा आवश्यक परेको बेला अन्य काममा सहयोग गर्ने। सामाजिक गतिविधिहरू सीमित वा असम्भव भइरहेको समयमा पनि कसरी कुराकानी वा भेटघाटलाई निरन्तरता दिन सक्नुहुन्छ? तपाईंले चाहे जसरी भेट्न सम्भव नभए पनि भेटघाट वा कुराकानीका कुनै उपाय छन् कि?

सुझाव ५ : धन्यवादले तपाईंका सम्बन्धहरूमा सुधार ल्याउन मद्दत गर्छ ।
तपाईंको जीवनमा उज्यालो र शक्ति ल्याउने दुई जना व्यक्तिहरूलाई कुनै न कुनै तरिकाले ‘धन्यवाद’ दिनुहोस् – भेटेर, फोन गरेर , सन्देश तथा चिट्ठी पठाएर वा अन्य माध्यमबाट। यदि उनीहरूसँग भेट्ने वा कुराकानी गर्ने अनुकुल नमिलेमा संगै बिताएका राम्रा पलहरू सम्झेर तपाईंको जीवनमा उनीहरूले पुर्याएको सहयोगका लागि मनमनै धन्यवाद दिन सक्नुहुन्छ ।
स्रोत : युनिसेफ

प्रतिक्रिया