माओवादी स्थायी कमिटीको बैठक साँझ फेरि बस्ने
नेपालखोज
२०७८ पुष ९ गते १३:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक साँझ फेरि बस्ने भएको छ । आज (शुक्रबार) विहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गरेको प्रतिवेदन सुनाइएको थियो ।
प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि फेरि साँझ छलफल गरिने कार्यसूची छ । पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनको तयारीस्वरुप बैठक बोलाइएको हो ।
सम्भवः पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर पूर्णता दिने तयारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।
सम्बन्धित

प्रतिक्रिया