बुधबार, जेठ १, २०८२

एसएसपी यादव सरकारी निवासमा मृत फेला

नेपालखोज २०७८ पुष ९ गते १४:४६

भैरहवा । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् । प्रजिअ तिवारीले अन्य प्रहरी कर्मचारी खाजा खान गएका बेला यादव झुन्डिएको थाहा भएको जनाएका छन् ।

एसएसपी यादव संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । उनको मृत्युको कारण खुल्न नसकेको जनाइएको छ । -रासस

प्रतिक्रिया