बिहीबार, चैत १५, २०८०

‘नेचा पारी, सल्यान टारी’बाट गायक भुवन सिंको कमव्याक (भिडियो)

नेपालखोज २०७९ माघ १३ गते १५:३८

सोलुखुम्बु । ‘नेचा पारी, सल्यान टारी’बाट गायक भुवन सिं राईले कमव्याक गरेका छन् ।

लगानीको कारण गीत गायनबाट पर परेका राईले पछिल्लो पटक प्रशान एलुङ राईको गीत र अनिल कोयी राईको संगीतमा तयार भएको लोक लयमा आधारित ‘नेचा पारी, सल्यान टारी’बाट गायनमा फर्किएका हुन् । यो गीतमा उनलाई चर्चित गायिका मेलिना राईले महिला गायनमा साथ दिएकी छिन् ।

गीतमा सोलुखुम्बुको नेचासल्यान क्षेत्रका विभिन्न परिवेशलाई प्रस्तुत गरिएको छ । गीतकार प्रशान पनि नेचाकै हुन् । गीतलाई आइलाइन क्रियशनबाट डिजिटल बजारमा पठाइएको छ । सोलु नेचाकै गायक राईले यसअघि लोक, आधुनिक र राष्ट्रिय भावका गीत गाइसकेका छन् ।

उनको‘नेचा गाउँको डाँडैडाँडा’बोलको लोक गीत पहिलो रेकर्ड गीत हो । उक्त गीत २०५४ सालमा रेकर्ड गरिएको थियो । त्यसपछि ‘हातमा कुटो र कोदालो’ र ‘घर हाम्रो नेले’ (लोक), ‘जे जे लाग्यो त्यही दिए’ (आधुनिक), ‘धर्तिकै लागि अन्तिम साथ’ र ‘म हूँ एक देशभक्त’ (राष्ट्रिय गीत) गाएका थिए ।

‘सृजनालाई निरन्तर बाहिर ल्याउने आर्थिक वातावरण नभएकाले कापीमै सृजना थन्किएका छन् । बेलाबखतमा साथीभाईले सम्झनुभएको छ । जस्ले गायकी शोकलाई पुरा गर्न पाएको छु ।’उनले नेपाल खोजलाई भने ।

प्रतिक्रिया