प्रचण्डको राजनीतिक प्रतिवेदनलाई आज स्थायी कमिटीले सुझाव दिने

नेपालखोज २०७८ पुष १० गते ११:४१

काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजलाई लिएर छलफल गर्ने तयारी छ । आज प्रचण्डको राजनीतिक प्रतिवेदनमा सदस्यहरुले सुझाव दिन्छन् ।

सुझावपछि प्रतिवेदनलाई अन्तिम रुप प्रचण्डले दिनेछन् । सम्मेलनमा आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, विभिन्न आयोग, विभाग तथा प्रदेशबाट गरी १ हजार ६ सय ८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने बताइएको छ ।

प्रतिक्रिया