प्रधानमन्त्री देउवा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा सहभागी हुने
नेपालखोज
२०७८ पुष १० गते १८:३६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत जाने भएका छन् । गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको ‘भाइब्रेन्ट गुराजत ग्लोबल समिट’ मा भाग लिन देउवा भारत जान लागेका हुन् ।
गुजरातको गान्धीनगरमा सन् २०२२ को जनवरी १० देखि १२ सम्म भाइब्रेन्ट ग्लोबल समिट हुन लागेको हो। तीन दिनसम्म चल्ने सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएका छन्। पहिलो भाइब्रेन्ट गुजरात समिट सन् २००३ मा आयोजना गरिएको छ।
प्रधानमन्त्री देउवाले पनि परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारीबारे गृहकार्य गर्न निर्देशन दिइसकेका छन् । स्रोतका अनुसार सम्मेलनमा प्रधानमन्त्री देउवाले कुनै एक सत्रमा आफ्नो विचार राख्ने गरी गृहकार्य भइरहेको छ । कार्यक्रमकै दौरान देउवाले भारतका प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया