माओवादी केन्द्रीय कमिटीको बैठक जारी, महाधिवेशन उद्घाटन दिउँसो ३ बजेपछि

नेपालखोज २०७८ पुष ११ गते ९:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । उद्घाटनसत्र भने दिउँसो ३ बजेपछि मात्रै सुरु हुने भएको छ ।

उद्घाटनका अवसरमा सवै राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको छ । माओवादी स्थायी समिति बैठकले हिजो (शनिबार) मात्रै सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेअनुसार सवै दलका प्रतिनिधिलाई पनि निम्तो दिएको छ ।

सम्मेलनबाट महाधिवेशनमा रूपान्तरण गर्ने निर्णयलाई पारित गर्न अहिले केन्द्रीय कमिटीको बैठक बसिरहेको बुझिएको छ ।

यसअघि दिउँसो १ बजे उद्घाटनसत्र हुने भनिएकोमा दिउँसो ३ बजेलाई सारिएको छ । स्थायी कमिटीको बैठकबाट सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको माओवादीको केन्द्रीय कमिटी बैठक अहिले जारी छ । माओवादी केन्द्रको महाधिवेशनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया