सिरहामा किसानका सात बुँदे मागलाई लिएर चक्काजाम

नेपालखोज २०७८ पुष १२ गते १४:४९

काठमाडौं । जनमत पार्टीले चक्काजाम गरेको छ । आज डा. सीके राउत नेतृत्वको पार्टीले किसानका सात बुँदे मागलाई लिएर चक्काजाम गरेको हो ।

जनमत पार्टी सिरहाले किसानको आन्दोलनलाई सघाएको जनाएको छ । पार्टीले आफूहरुको माग केही नभएको तर सरकारले किसानसँग नराम्रो व्यवहार गरेकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ । पार्टीले आन्दोलन राजनीतिक लाभका लागि नभएर किसानका लागि भएकाले सबैको साथ र सहयोग मिल्ने आशा गरेको छ ।

पक्राउमा परेको किसानको रिहाइ हुनुपर्ने, किसानलाई लगाएको झुटा मुद्दा खारेज, मल-बिउको व्यवस्था, क्षतिपूर्तिको व्यवस्था, बालीको उचित मूल्य कायम गरिनुपर्ने लगायतको माग गर्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनमत पार्टी सिरहाले जनाएको छ ।

प्रतिक्रिया