अपराजित नेपाल फाइनलमा उज्वेकिस्तानसँग भिड्ने
नेपालखोज
२०७८ पुष १२ गते १५:१७

काठमाडौं । एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल अपराजित रहेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालले अपराजित यात्रालाई कायम राखेको हो ।
बङ्गलादेशको ढाकामा नेपालले किर्गिस्तानलाई २५–८, २५–१४ र २५–१७ को सेटमा हराएको हो । नेपालले यसअघि श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो ।
उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्नेछ । आज उज्वेकिस्तानले पनि श्रीलङ्कालाई हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया