गरिमा विकास बैंकद्वारा थप दुई शाखा विस्तार
नेपालखोज
२०७८ पुष १२ गते १९:२९

काठमाडौं । गरिमा बिकास बैंकले थप दुई वटा शाखा बिस्तार गरेको छ । एक्सीज टु अल भन्ने मुल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै बैंक अघि बढिरहेको छ ।
गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको हो ।
बैंकले हाल नेपालभर एक सय १८ शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दे आएको छ ।
सम्बन्धित
प्रतिक्रिया