सिद्धार्थ बैंकको देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरु पनि सहभागि भएका छन् ।
पुस ८ गते बिहीबारदेखि सुरु भएको कार्यक्रम पुस १२ गते सोमबार सम्पन्न भएको छ । कार्यक्रममा ८५८ जनाको सहभागिता रहेको थियो । महिला ९४ र पुरुष ७६४ जना रहेका थिए ।
कोभिड १९ महामारीले गर्दा नेपालमा मात्र नभएर विश्वभर नै रगत अभाव भएको छ । मानिसहरुले समयमा रगत नपाएको हुनाले अस्पतालहरूलाई सहयोग गर्ने उद्देश्यले बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने बताएको छ ।
प्रतिक्रिया